काठमाडौँ । यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन परराष्ट्र सचिव सेवा लम्साल राजधानी मस्कट प्रस्थान गर्दै छिन् ।

मन्त्रालयले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सचिव लम्साल सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेको जनाएको छ । भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुनेछिन् । उनी यही साउन २५ गते स्वदेश फर्किने कार्यक्रम छ ।