काठमाडौँ, असार ११ एनआईसी एसिया क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत आम्दानी निश्चित कोष नामक नयाँ लगानी व्यवस्थापन योजना सञ्चालन गरेको छ । यो योजनाअन्तर्गत लगानीकर्ताहरूले निश्चित प्रतिफल प्राप्त गर्नेछन् । हालको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले बचत खाता तथा मुुद्दती निक्षेप खातामा दिने ब्याजदर घटाइरहेको अवस्थामा लगानीकर्ताहरूले यस योजनामा सहभागी हुँदा उचित प्रतिफल लिनसक्ने कम्पनीले जनाएको छ । विशेषगरी अवकाशप्राप्त व्यक्ति, गृहणी, नियमित आय आवश्यक पर्ने व्यक्तिहरू तथा जोखिम लिन नचाहने लगानीकर्ताहरूलाई मध्यनजर गर्दै यो योजना सञ्चालनमा ल्याइएको हो, कम्पनीले भनेको छ ।