काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा उच्चरूपमा गिरावट देखिएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ३९ लाख ६९ हजार सात सय १० रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा तीन करोड रुपैयाँले कम हो । अघिल्लो आवमा संस्थाको यस्तो नाफा चार करोड ८६ लाख सात हजार सात सय ६० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी छ करोड ८५ लाख ७१ हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा ८६ करोड १५ लाख दुर्ई हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४७ करोड ८६ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड २८ लाख २९ हजार दुई सय ५० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १७ करोड ६४ लाख ५१ हजार एक सय ९० रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात १३ दशमलव २२ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ८२ करोड पाँच लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड ५१ लाख २१ हजार सात सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ९५ लाख ५९ हजार सात सय १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ५४ लाख २५ हजार एक सय ५० रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात सात दशमलव ५८ प्रतिशत रहेको थियो ।