काठमाडौं  । सिर्जनशील लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले यही साउन ३२ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभा गर्न लागेको हो । महोत्तरीको बर्दिवासस्थित विनायक होटलमा हुने उक्त वार्षिक साधारण सभामार्फत संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नुको अतिरिक्त, लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।