काठमाडौँ, असार ११ नागरिक लगानी कोषले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार यही बुधबार २२ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य १८ सय ८२ रूपैयाँ तोकेको हो । पछिल्लो पटक २२ सय ९६ रूपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कोषको बजार पुँजीकरण भने ३० अर्ब ८७ करोड ८२ लाख छ हजार १६ रूपैयाँ पुगेको छ । नेप्सेमा भने कोषको एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब ३४ करोड ४८ लाख ६९ हजार छ सय रूपैयाँ बराबरको एक करोड ३४ लाख ४८ हजार छ सय ९६ कित्ता सेयर सूचीकृत रहेको छ ।