काठमाडौं । स्ट्यान्टर्ड चार्टड बैंकले आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ३० करोड ८९ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा केही कम हो । अघिल्लो आवमा बैंकले तीन अर्ब ४६ करोड ५३ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब २२ करोड ९४ लाख ५४ हजार रुपैयाँ रहेको बैंकले आव २०८०/८१ मा एक खर्ब १२ अर्ब ४८ करोड ३८ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड २३ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब १५ करोड ४४ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने दुई अर्ब ४९ करोड ९१ लाख ६७ हजार रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने बैंकले एक खर्ब १७ अर्ब ५० करोड नौं लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ८३ करोड १३ लाख तीन हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ९५ करोड ६० लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने दुई अर्ब ७१ करोड पाँच लाख ५६ हजार रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार प्रतिशत रहेको थियो ।