काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेस एक्सलेन्स अवार्ड सम्पन्न भएको छ । शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो । आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख प्रवर्द्धक तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य, कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईं तथा कम्पनीका ब्रान्ड एम्बासेडर दीपकराज गिरी र दीपाश्री निरौलाहरूको उपस्थितिमा भव्य कार्यक्रमका बीच देशेभरिबाट भेला भएका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूलाई सम्मानित गरिएको छ ।
उक्त समारोहमा आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट व्यवसाय गर्ने सातै प्रदेशबाट कम्पनीको मेरुदण्डको रूपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँल, नायव प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य (डिसिइओ), चिफ मार्केटिङ अफिसर (सीएमओ) गणेश चौलागाईं तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका सदस्यहरू र ब्रान्ड एम्बास्डरहरूका तर्फबाट गत आर्थिक वर्षभर उत्कृष्ट बीमा व्यवसाय गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूले अवार्ड प्राप्त गरेका थिए । उक्त समारोहमा कम्पनी प्रदेश प्रमुखहरूलगायत देशैभरका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो ।