पोखरा । पोखरामा प्रधान कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले २०८०÷८१ आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।२०८०÷८१ आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले तीन करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षको तुलनामा कम भएको हुँदा बैंकको खुद नाफा बढेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८दशमलव१० प्रतिशत बढेको छ र खुद फि तथा कमिसन आम्दानी पनि १९दशमलव९१ प्रतिशत बढेको छ ।यस्तै बैंकको कुल सञ्चालन आम्दानी ३९दशमलव८६ प्रतिशत बढेको छ । बैंकको निष्क्रिय कर्जा ३दशमलव१८ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज दुई करोड ८९ लाख पुगेको छ । जसका कारण बैंकको सञ्चालन नाफा एक सय २१दशमलव२२ प्रतिशत बढेको हुँदा खुद नाफा पनि एक करोड ६४ लाखबाट बढेर तीन करोड ८६ लाख सम्म पुगेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी तीन रुपैयाँ १८ पैसा बढेर सात रुपैयाँ १८ पैसामा पुगेको छ ।
असार मसान्तसम्म तीन करोड १२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको यस बिकाश बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी पाँच रुपैयाँ ७९ पैसा छ । सो अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ एक सय १६ रुपैयाँ २३ पैसा छ । मूल्य आम्दानी अनुपात ६८दशमलव३८ गुणा छ ।बैंकको चुक्ता पूँजी ५३ करोड ८७ लाख रुपैयाँ, जगेडा कोषमा आठ करोड ७५ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले चार अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।