काठमाडौं । शेयर बजार परिसुचक नेप्से २८ सय बिन्दु नजिक पुगेको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से ४० दशमलव ७६ अंकले उकालो लागेर २७ सय ९६ दशमलव ३८ बिन्दुमा पुग्न सफल भएको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव ९७ अंकले ओरालो लागेर चार सय ९१ दशमलव ७८ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २६ वटा कम्पनीहरुको दुई लाख ३८ हजार ७८ पटक शेयर किनबेच भएको छ । जसबाट आज चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ रुपैंैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर खरिद बिक्री भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेपनि जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा होटल तथा पर्यटन, लगानी, अन्य र व्यापार उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।