कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन् । सोमबार प्रदेश सभामा कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताबमा कुल ४० सदस्यीय प्रदेश सभामा ३७ सांसद उपस्थित भएर २३ सांसदले विश्वासको मत दिएर बहुमत दिएका दिए । कँडेललाई बहुमतका लागि २१ मत आवश्य थियो । त्यस्तै विपक्षमा १४ मत परेको थियो ।