काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले निर्माण व्यवसायीलाई भुक्तानी नदिने तर योेजनाहरू मात्र थप्ने परिपाटी घातक भएको बताएका छन् ।
बागमती प्रदेश निर्माण व्यवसायी महासंघले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लामाले काम गरेपछि समयमा नै भुक्तानी पाउनुपर्ने बताए । निर्माण व्यवसायीहरूको समस्याबारे आफू जानकार रहेको बताउँदै उनले निर्माण व्यवसायको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए । कार्यक्रममा मुख्यमन्त्री लामाले निर्माण व्यवसायीहरूको समस्यालाई विगतका सरकारले गम्भीररूपमा नलिएको आरोप लगाए ।