काठमाडौं । गार्डियान माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङबीच सम्झौता भएको छ । गार्डियानले सर्वसाधारणलाई जारी गर्नलागेको एक सय रुपैयाँ अङ्कित मूल्य कायम रहेको २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर खरिद प्रत्याभूति सेवाको लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सोमबार एक कार्यक्रमका बीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियान माइक्रोलाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालनसम्बन्धी सेवा, संस्थागत परामर्शसम्बन्धी सेवा तथा सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।