काठमाडौं, (टीआरसी)को बिषयमा सहमति जनाउन बुधबार सिंहदरबार स्थित गृह मन्त्रालयको कार्याकक्षमा सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको कार्यदल संयन्त्रको बैठकमा नेताहरु सहभागी भएका थिए । उक्त बैठकमा कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया ,नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ,नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौला ,कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन न्याय तथा संसदीय मामिला सचिव फणीन्द्र गौतम , लगायतका नेताहरुको सहभागीता रहेको थियो । उक्त कार्यदलले संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ । कार्यदलले एक साताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाइसकेको थियो । उक्त सहमतिको प्रतिवेदन आज सिंहदरबारमा दलका शीर्ष नेतालाई बुझाएको हो । लामो समयदेखि विवादित रहेको द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भन्ने विषय टुंगिएपछि सहमति भएको हो ।मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक गरिएको हत्यालाई मानवअधिकारको गम्भीर उल्लंघनमा राख्ने सहमति दलहरुले गरेका छन् । मानवअधिकारको उल्लंघनका घटनामा सहमतिका लागि पीडितको सहमति अनिवार्य र द्वन्द्वकालमा मारिएका तथा घाइते भएका सुरक्षाकर्मीको परिवारलाई पीडित सरह परिपूरण दिने सहमति भएको छ ।