काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले २०८०/८१ मा एक करोड ५४ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने फाइनान्सको यस्तो नाफा छ करोड ४८ लाख २४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब एक करोड २१ लाख ७६ हजार रुपैयाँ रहेको फाइनान्सले आव २०८०/८१ मा आठ अर्ब १५ करोड ७० लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६८ करोड ६९ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड ६१ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा छ दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने दुई करोड ८८ लाख ७२ हजार रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव शून्य नौ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने फाइनान्सले सात अर्ब ३८ करोड ३५ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६० करोड ७२ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड ६६ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने एक करोड २३ लाख ६८ हजार रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको थियो ।