काठमाडौं,आफ्नो तीन बर्षे कार्यकालमा भएको उपलब्धी सार्वजनिक गर्ने बहानामा सरकारलाई ओठे जवाफ फर्काउन शुक्रबार नेपाल विद्युत प्राधिकरणमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना समर्थक घुसाएर आफ्नो पक्षमा जिन्दावादको नारावाजी र हुटिङ गर्न लगाएर जातीय सांप्रदायिकताको तमासा देखाएका छन् । पत्रकार सम्मेलनमा आम रूपमा पत्रकारलाई बोलाइन्छ । तर घिसिङले आफ्नो पक्षमा हुटिङ गर्न दर्जन व्यक्तिहरू पनि सँगै बोलाएका थिए ।