काठमाडौं,नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको समर्थनमा आएका समर्थक र प्रहरी बिच झडप भएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा शनिबार माइतीघरदेखि बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन गरिएको थियो ।सरकारले ठूला उद्योगीहरुलाई विद्युतको बक्यौता छुट दिन खोजेको भन्दै घिसिङका समर्थकहरु सडकमा निस्किएका थिए । प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बब्लु गुप्ता, सोम शर्मा, शिव साउद, हेमराज थापा, मदन बुढा र विजय कँडेल रहेको प्रहरीले जनाएको छ । प्राधिकरण निर्देशक कुलमान घिसिङले आफूले गरेको बदमासी लुकाउनलाई समर्थक खडा गरेर शुक्रबार पनि पत्रकार सम्मेलन गर्दै समर्थकहरु खडा गरेर आफ्नो पक्षमा आन्दोलन गर्न लगाएका थिए ।