काठमाडौं । सनराइज म्युचुअल फन्ड र सनराइज फोकस्ड इक्विटीफन्डले लाभांश घोषणा गरेका छन् । लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवर्द्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सन्राइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सन्राइज फस्र्ट म्युचल फन्ड र सन्राइज फोकस्ड इक्विटी फन्ड नामक बन्दमुखी योजनाहरूको आर्थिक २०८०/८१ को लेखापरीक्षण कार्य सम्पन्न गरी लाभांश वितरणको निर्णय गरेका हुन् ।
कम्पनीका अनुसार योजना व्यवस्थापकको यही साउन २४ गते बसेको सञ्चालक समितिको एक सय ४५औँ बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि सन्राइज फस्र्ट म्युचुअल फन्डका इकाइधनीलाई करसहित १२ दशमलव पाँच प्रतिशत र सन्राइज फोकस्ड इक्विटी फन्डका इकाइधनीलाई करसहित चार दशमलव पाँच प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।