काठमाडौं । प्रभु बैंक लिमिटेडले प्युठानको प्युठान नगरपालिका–४ बिजुवारमा शाखा विस्तार गरेको छ । यो समेत गरी बैंकको कुल शाखा संख्या तीन सय १५ पुगेको छ ।
जिल्ला समन्वय समिति प्रमुख धरमबहादुर जीसीले बैंकको नयाँ शाखाको समुद्घाटन गरेका हुन् । उक्त शाखामार्फत शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बैंकले विश्वास लिएको छ ।
बैंकले हाल सबै क्षेत्रमा गरी तीन सय १५ वटा शाखा कार्यालयहरू, दुई सय ८६ वटा एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।