काठमाडौं । मेरो माइक्रो फाइनान्सले आर्थिक वर्ष २०८०/८१ मा २१ करोड ९५ लाख ७३ हजार एक सय ३१ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड ७४ लाख ६६ हजार चार सय ६२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा तीन अर्ब ४० करोड ७९ लाख ८४ हजार ७२ रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ८५ करोड एक लाख ६० हजार पाँच सय चार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८७ करोड ४८ लाख ४७ हजर नौ सय ७४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव ८८ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले तीन अर्ब ४२ करोड ४७ लाख ७५ हजार आठ सय ७३ रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ९१ करोड ६६ लाख ४५ हजार सात सय ६६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।