काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड नौ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा २१ करोड ५९ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी एक अर्ब १६ करोड ५५ लाख २२ हजार रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०८०/८१ मा पाँच अर्ब २४ करोड ५१ लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६३ करोड ७४ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १५ करोड ८६ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव २३ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले चार अर्ब ५२ करोड ३९ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ७५ करोड ३४ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७४ करोड ९६ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ८३ प्रतिशत रहेको थियो ।