काठमाडौं । युवाहरूको समूह मिलेर पाँच करोडभन्दा बढीको लगानीमा काठमाडौंको सिनामंगलस्थित होटल रोयल एयरपोेर्ट सञ्चालनमा आएकोे छ । शुक्रबार बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले होटलको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा मन्त्री ठकुरीले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्ययोग महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रवर्द्धनमा सबैको हातेमालो आवश्यक रहेको बताए । पर्यटन उद्योगको विकासमा व्यवसायीका लागि आवश्यक सहजीकरणका लागि आफू सधैँ तत्पर रहेको उनले उल्लेख गरे । यस्तै, उनले यस क्षेत्रमा लगानी प्रवद्र्धनका लागि आवश्यक पहल चाल्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एयरपोर्टका अध्यक्ष नवराज श्रेष्ठले सिन्धुलीका युवा व्यवसायीहरूको समूह मिलेर पाँच करोडभन्दा बढीको लगानीमा यो होटल सञ्चालनमा आएको बताए । ३४ वटा रुमसहितको यो होटलमा ५० शय्या रहेका छन् । दुईसय जनाभन्दा बढी क्षमताका हल, बैठक कक्षसहितको शान्त वातावरणमा सञ्चालनमा आएको यो होटल एयरपोर्ट हुँदै आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बढी लक्षित गरेर सञ्चालनमा ल्याएको उनले बताए ।