काठमाडौं । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०÷८१ मा ३२ करोड १३ लाख ९७ हजार तीन सय ७९ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाले सात करोड ८६ लाख ३५ हजार तीन सय ९२ रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्तापुँजी एक अर्ब पाँच करोड ५५ लाख ६३ हजार सात सय ३४ रुपैयाँ रहेको संंस्थाले आठ अर्ब ९६ करोड २० लाख १८ हजार १५ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८९ करोड ७२ लाख ५९ हजार आठ सय २० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब २१ करोड ७२ लाख ९८ हजार तीन सय ५८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २६ करोड ६५ लाख तीन हजार पाँच सय ७३ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव ३१ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले आठ अर्ब ४१ करोड ५२ लाख ६० हजार नौ सय ४७ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब नौ करोड ५१ लाख सात हजार आठ सय ८६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब १२ करोड ७० लाख ७४ हजार नौ सय ४३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने ५१ करोड ९७ लाख ७३ हजार सात सय ६४ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव ७० प्रतिशत रहेको थियो ।