काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा छ करोड ५२ लाख ५२ हजार दुई सय चार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ९२ लाख ९६ हजार चार सय ४४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४९ करोड ७४ लाख १५ हजार नौ सय ४२ रुपैैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब २५ करोड ८२ लाख ११ हजार आठ सय ४७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २३ करोड ३३ लाख एक हजार सात सय ६४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ३० लाख ८३ हजार पाँच सय २१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव २९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने तीन करोड १५ लाख ३५ हजार नौ सय ६२ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव ९८ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३१ करोड ९२ लाख ९८ हजार एक सय ४२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३९ करोड ४३ लाख ६१ हजार सात सय ९३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ करोड ६६ लाख २० हजार आठ सय छ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको आठ दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने ४० लाख ६४ हजार पाँच सय ४६ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने ११ दशमलव शून्य पाँच प्रतिशत रहेको थियो ।