काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा नौ करोड चार लाख ८३ हजार पाँच सय ४० रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा एक करोड ४३ लाख ३९ हजार दुई सय ७८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार पाँच सय रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब ५७ करोड ३७ लाख ९९ हजार सात सय ५६ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९५ करोड १३ लाख ८८ हजार सात सय २४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २२ करोड ८४ लाख ८८ हजार आठ सय ८५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव शून्य दुई प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा छ करोड २२ लाख ५२ हजार सात सय ४५ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर चार दशमलव ६० प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब एक अर्ब ४२ करोड ९३ लाख ९४ हजार नौ सय ४२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २१ करोड ६६ लाख ८७ हजार तीन सय ९४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड ४० लाख ११ हजार ९२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ९० प्रतिशत रहेको थियो ।