काठमाडौं । हिमालयन बैंक लिमिटेडले दुई वटा शाखाको स्थानान्तरण गरेको छ । सिभिल बंैकलाई प्राप्ति गरेपश्चात नजिक भएका शाखा सञ्जालमध्ये ललितपुर जिल्ला, बाग्मती प्रदेशस्थित जाउलाखेल शाखा र धनुषा जिल्ला, मधेश प्रदेश, भानु चोकस्थित जनकपुर शाखा–२ लाई स्थानान्तरण गरी आइतबारदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकले ललितपुर जिल्ला, बाग्मती प्रदेशस्थित जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका, वडा नं २७, सुनाकोठीमा स्थानान्तरण गरेको छ भने मधेश प्रदेश, भानु चोकस्थित जनकपुर शाखा –२ लाई जनकपुरधाम, धनुषा जिल्ला पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ ।
बैंकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपीन हाडाले र पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागरकुमार रेग्मीले बैंकका उच्चपदस्थ कर्मचारीहरू तथा अन्य अतिथिहरूको उपस्थितिमा गरेका हुन् ।
हाल बैंकले नेपालभरि फैलिएका एक सय ७४ वटा शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, दुई सय ७२ वटा एटीएम, छ हजार पाँच सयभन्दा बढी पस टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बंैकिङ सेवा प्रदान गर्दै आएको छ ।