काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा छ करोड ९१ लाख ३१ हजार एक सय ५० रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड ४१ लाख ८२ हजार पाँच सय ४८ रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी ३२ करोड २३ लाख ७८ हजार पाँच सय ८५ रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब ६४ करोड ५४ लाख ८६ हजार सात सय ६८ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६२ करोड ५६ लाख ४१ हजार ४८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड ५० लाख ४९ हजार एक सय २३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने नौ करोड चार लाख ८३ हजार सात सय नौ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर छ दशमलव ७५ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक खर्ब ६० करोड १८ लाख एक हजार तीन सय १२ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९१ करोड ४६ लाख ९३ हजार नौै सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ९८ लाख ६३ हजार छ सय ७३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने एक करोड ६४ लाख २० हजार २६ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव २९ प्रतिशत रहेको थियो ।