काठमाडौं, शेयर बजारमा सामान्य करेक्सन देखिएको छ । अघिल्लोे दिन उच्च अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने आठ दशमलव १८ अंकले ओरालो लागेर २९ सय २३ दशमलव ४६ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३२ अंकले ओरालो लागेर पाँच सय ११ दशमलव १५ बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज तीन सय ३२ वटा कम्पनीहरुको दुई लाख ४१ हजार छ सय ६५ पटक शेयर किनबेच भएको छ । जसबाट पाँच करोड २७ लाख ६४ हजार आठ सय ३२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २१ अर्ब ५१ करोड ५० लाख १० हजार छ सय ३३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, फाईनान्स, जीवन बीमा, लगानी र व्यापार समुहको उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, निर्जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।