काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा १३ करोड २५ लाख ३८ हजार आठ सय ४८ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा सात करोड ६२ लाख ८१ हजार सात सय ८१ रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी ६७ करोड ११ लाख चार हजार नौ सय ९३ रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा तीन अर्ब ७३ करोड ३५ लाख ५३ हजार ६७ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब सात करोड १३ लाख ९७ हजार दुई रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४२ करोड ९५ लाख ४७ हजार एक सय ८६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने आठ करोड ८३ लाख ११ हजार तीन सय ५३ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर छ दशमलव शून्य चार प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले तीन अर्ब ३३ करोड ५१ लाख ५० हजार चार सय २८ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ५१ करोड ७३ लाख ३२ हजार ७४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३६ करोड ५२ लाख ४६ हजार चार सय ७३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ४५ प्रतिशत रहेको थियो ।