काठमाडौं,कवि अर्जुन पराजुलीमाथि सार्वजनिक जग्गा अपचलन गरेको आरोप लागेको छ । भ भ्रष्टाचारको विरोध गर्दै सामाजिक संजालमा तीखा ‘कविता’ लेखेर चर्चित बनेका व्यंग्यकवि अर्जुन पराजुलीमाथि सार्वजनिक जग्गा अपचलनमा संलग्न रहेको आरोप लागेको छ । बानेश्वरको थापागाउँमा रहेको १५ आना १ पैसा क्षेत्रफलको विवादित जग्गा पाठशाला स्कुलले कब्जा गरेपछि उनी त्यसमा मुछिएका हुन् ।