काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङस्थित पृथ्वीबहादुर थापाले सञ्चालन गरेको इचङ्गुनारायण काष्ठ उद्योगमा मङ्गलबार राति आगलागी हुँदा २० लाख बढीको क्षति भएको छ । राति ९ बजेको समयमा एक्कासि आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एक घण्टासम्म लागेको आगलागी तीन दमकलको सहायतामा नियन्त्रणमा लिइएको जानकारी दिए । विद्युत् ‘सर्ट’बाट आगलागी भएको थियो । आगलागी भएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर आगलागी नियन्त्रणमा ल्याएका थिए ।