काठमाडौँ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट प्रहरीले अवैध लागुऔषध ब्राउन सुगरसहित आठजनालाई पक्राउ गरेको छ । कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गर्दा प्रहरीले उनीहरुका साथबाट ३३।७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
मोरङ कानेपोखरीका २१ वर्षीय रेमन राई, बेलबारीका ३३ वर्षीय अमितकुमार चौधरी, ललितपुरका २७ वर्षीय रफिस अवाले, काभ्रेपलाञ्चोक नमोबुद्धका १९ वर्षीय रिसफ श्रेष्ठ र ३६ वर्षीय प्रमोद राई, पाँचथरको मिक्लाजुङका २८ वर्षीय मेहरमान भुजेल र फिदिमका २७ वर्षीय टिम्पल तामाङ, फाल्गुनन्दका २९ वर्षीय भीमकुमार चेम्जोङ पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार जानकारी दिएको हो ।
लागुऔषध ट्रामाडोल आठ ट्याब्लेट, मोटरसाइकल र स्कुटर एक÷एक थान, नगद रु ५५ हजार दुई सय, १४ थान मोबाइल, आइप्याड एक थान, झोला एक थान, तौल गर्ने डिजिटल मेसिन एक थान र पर्स एक थान प्रहरीले उनीहरुका साथबाट बरामद गरेको छ ।