काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ९४ करोड ९६ लाख ९८ हजार सात सय ४६ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ७७ करोड ३५ लाख ६६ हजार नौ सय ११ रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी तीन अर्ब ८० करोड ६३ लाख ७३ हजार सात सय ९८ रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा दुई अर्ब ८३ करोड ८९ लाख २९ हजार तीन सय ९७ रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब १२ करोड ३१ लाख ८० हजार तीन सय ४४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब १९ करोड ३१ लाख २६ हजार तीन सय ८२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको दुई दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा एक अर्ब ७२ करोड ९७ लाख ७९ हजार तीन सय १३ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव २० प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ८५ करोड ५५ लाख ८६ हजार चार सय २० रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ३६ करोड ६८ लाख ७८ हजार दुई सय ३८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ६६ करोड ८५ लाख ९३ हजार तीन सय ३८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने एक अर्ब ६८ करोड ५१ लाख ३५ हजार नौ सय ८४ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव ६१ प्रतिशत रहेको थियो ।