काठमाडौं । मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इ–सेवा मनि ट्रान्सफरले रक्षाबन्धन, बुबाको मुख हेर्ने दिन तथा हरितालिका तीजको अवसरमा ‘रेमिट पर्व’ सुरु गरेको छ । ‘रेमिट पर्व’ योजना श्रावण ३०, २०८१ देखि एक महिनासम्म सञ्चालन हुने र अन्तर्गत हरेक हप्ता एक भाग्यशाली विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।
यो योजनामा सहभागी हुनका लागि ग्राहकले विदेशबाट आफ्ना प्रियजनहरूको इ–सेवा वालेटमा प्रतिकारोबार न्यूनतम १० हजार रुपैयाँ बराबरको रेमिट पठाउनुपर्नेछ । इ–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘रक्षाबन्धन, बुबाको मुख हेर्ने दिन तथा हरितालिका तीजको विशेष अवसरमा हामीले ‘रेमिट पर्व’ सुरु गरेका छौँ, जसको उद्देश्य परिवारहरूलाई नजिक ल्याई तपाईंहरूको माया अझ गाढा बनाउँदै लैजानु हो ।’
इ–सेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इ–सेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्रमार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त इ–सेवा मनि ट्रान्सफर, देशभरका उद्योगलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।