काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको सातौँ वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिन कम्पनीले मंगलबार विभिन्न क्षेत्र प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्री वितरण गरेको जानकारी दिएको छ । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरणको उद्देश्यलाई आत्मसात गर्दै सो वितरण कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले टीकापुर नगरपालिका वडा नं. १, गणेशपुरस्थित बाढीपीडित क्षेत्रका ७ वटा सामुदायिक विद्यालयका ७० जना बालबालिकालाई शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ । त्यसैगरी काठमाडौं टोखास्थित विपद्को शिकार भएका परिवारलाई कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईं तथा ट्रेनिङ हेड सुनिल आचार्यको उपस्थितिमा राहत सामग्रीहरू वितरण गरेको छ ।