काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै एघारजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवबहादुर कटवालले सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गीको मृत्यु भएको जानकारी दिएका छन् । जिल्ला अस्पताल सिन्धुलीमा उनीहरुको उपचारको क्रममा बिहान साढे १० बजे मृत्यु भएको हो ।