काठमाडौं, असार १४
सेलपेले इ–कमर्स प्लेटफार्म खेती फुड्ससँग सेलपे खेती अफरको लागि सहकार्य गरेको छ । यो अफर असार ११ गतेदेखि सुरु भएको छ । यो अफरअन्तर्गत ग्राहकहरुले खेती एप्प वा वेब एप्लिकेसनबाट कुनै पनि सामान खरिद गरी सेलपेबाट भुक्तानी गरे ५० प्रतिशतसम्मको डिस्काउन्ट कुपनका साथै एक हजार रुपैयाँभन्दा माथि रकमको सामानको खरिदमा एक किलो टमाटर सितैमा पाउनेछन् ।
सेलपे खेती अफरमा सहभागी भई डिस्काउन्ट कुपन पाउनको लागि खेती एप्प वा वेब एप्लिकेसनबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुपर्नेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।