काठमाडौं, असार १४
फोर्डको नेपालको लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दैे पछिल्लो बीएस–६ कम्प्लेन्ट फोर्ड २०२० मा विशेष अफर ल्याएको छ । यसअन्तर्गत कम्पनीले ग्राहकलाई १० वर्षसम्मको फाइनान्स सुविधा, ३० प्रतिशत डाउन पेमेन्ट , स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड विमा सुविधा, विशेष नगद छुट, एक वर्षको बीमा, एक्सचेन्जको सुविधा, लोएल्टी बोनसका साथ ३ वर्ष वारेन्टी, ३ वर्षको निःशुल्क सर्भिसिङका साथ अन्य सुविधा उपलब्ध गराएको छ । १० वर्षको फाइनान्स सुविधाले ग्राहकलाई भुक्तानी गर्न पर्याप्त समय दिन्छ साथै मासिक किस्ता कम हुने गर्दछ ।
कम्पनीको अनुसार अहिले यो अफर नेपाली बजारमा सबैभन्दा राम्रो हो किनकि फोर्डको २०२०मा बनेका बीएस६अन्तर्गत गाडीमा यो अफर मान्य छ । जीओ अटोमोबाइल्सले फोर्ड अनलाइन शोरुम पनि संचालन गरिरहेको छ, जहाँ ग्राहकले सो–रुम नआइकनै अनलाइनमार्फत चाहेको सवारी साधनको विशेषताहरु वुझ्न तथा हेर्न सकिन्छ । शोरुममा रहेका प्रतिनिधिसँग अनलाइन सबै बुझ्न सकिन्छ र यसको सहायताले ग्राहकलाई आफ्नो रोजाइँको गाडी खरिद गर्न सम्भव बनाएको कम्पनीले जनाएको छ ।