पोखरा । पोखरामा करिब छ करोड रुपैयाँको लागतमा गामबेसी पोखरा रोधी क्लब प्रालि सञ्चालनमा आउने भएको छ । पोखरा लेकसाइडको हलनचोकमा गामबेसी पोखरा रोधी क्लब प्रालि भदौ १ गतेदेखि औपचारिकरूपमा सञ्चालनमा आउने भएको हो । यो रोधी क्लब गत वैशाख २८ देखि नै अनौपचारिकरूपमा सञ्चालनमा आएको थियो ।
सञ्चालक नरबहादुर थापाका अनुसार लेकसाइडमा डिस्को, डान्सबार र क्लबमा झुम्ने पर्यटकलाई लोकसंगीतमा आकर्षित गर्नका लागि दोहोरी साँझ सञ्चालनमा ल्याएको हो । शुभारम्भका अवसरमा भदौ १ देखि ८ गतेसम्म ख्यातिप्राप्त कलाकारबाट सांगीतिक प्रस्तुति हुनेछन् । क्लब राति ८ देखि बिहान ४ बजेसम्म खुला रहनेछ । लोकदोहोरीको माध्यमबाट दर्शकलाई मनोरञ्जन दिलाउँदै पर्यटकीय गतिविधि बढाउने उद्देश्य रहेको सञ्चालक थापाले बताए ।