सोलुखुम्बु, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा बाढी पसेको छ । एक्कासी बाढी आएपछि कुनै ठाउँमा हिमताल फुटेको हुनसक्ने आशङ्का गरिएको छ । स्थानीय बासिन्दाका अनुसार केही घरहरु बगाईएको आशङ्का समेत गरिएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले दूधकोशी नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह समेत गरेको छ । यस बारेमा बिववरण भने आउन बाँकी रहेको छ ।