काठमाडौं,काठमाडौंको पशुपतिस्थित कोटीहोममा शुक्रबार राति कुटाकुट भएको छ । कोटीहोम भइरहेको पशुपतिमा राति प्रहरी र कथावाचक विजय कृष्णमूर्ति भनिने विजय भण्डारीका अनुयायीबीच कुटाकुट भएको भिडीयोहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । प्रहरी स्रोतका अुनसार विजय भण्डारीले प्रहरी प्रधान कार्यालयबाट चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिएको विषय सार्वजनिक भएपछि प्रहरीले त्यसबारे बुझ्न खोजेको थियो। एक टेलिभिजन अन्तर्वातामा उनले प्रहरी प्रधान कार्यालयबाट लिएको चारित्रिक प्रमाणपत्रमा आफ्नो कुनै पनि आपराधिक पृष्ठभूमि नरहेको उल्लेख गरिएको जवाफ भण्डारीले दिएका थिए। सोही जवाफबारे प्रहरीले सामान्य सोधपुछ गर्न खोजेको थियो। तर कोटीहोम चलिरहँदा सोधपुछ गर्न नमिलेपछि प्रहरी समापन पर्खेर बसेको थियो। समापन भएपछि प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाइएको थियो। ‘चारित्रिक प्रमाणपत्रबारे केही कुरा सोधपुछ गर्नुपर्ने भएकोले सादा पोशाकको टोली खटिएको थियो। हिजो समापन पनि थियो। कोटिहोम चलिरहँदा सोधपुछ गर्न नमिल्ने भएकाले सबै काम सकिसकेपछि प्रहरीले सोधपुछ गर्नुपर्ने छ भनेर उनलाई जानकारि गराएको थियो ,। तर एक्कासी उनले आफ्ना अनुयायीहरुलाई उत्तेजना बढाई तनाबको सिर्जना खडा गरेका थिए । उनका अनुयायीहरुले पत्रकारहरुमाथि पनि निर्घात कुटपिट समेत गरेका थिए । फेसबुक लाईभमा उनैले उक्त क्षेत्रमा भएको तनाबको बारे लाइभ आई जानकारि गराएका थिए । उनी पहिले बिभिन्न ठगीका केशहरुमा मुछिएका व्याक्ति समेत थिए ।