काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्कालीन एकता केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादव (उनी २०५१ सालमा सहिद भएका थिए) को स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन् ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले रामवृक्ष यादव मधेशी जनताको आन्दोलनको बिचबाट जन्मिएको एक लोकप्रिय नेता भएको भन्दै जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणात्मक योगदान रहेको बताए । अध्यक्ष प्रचण्डले मधेशमा जनयुद्धको आधार तयार पार्न रामवृक्ष यादवले महत्त्वपूर्ण भूमिका खेलेको पनि बताए । उक्त कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल लगायतका नेताहरूको सहभागी रहेको थियो ।