काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ९१ लाख ७२ हजार तीन सय ४४ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड ४२ लाख २६ हजार तीन सय ७८ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्तापुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा ९८ करोड ७८ लाख ७५ हजार ५८ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २८ करोड ५३ लाख १८ हजार चार सय ८६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ३२ लाख ३० हजार १३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा एक करोड ४२ लाख ६२ हजार ८९ रुपैयाँ रहेको संस्थामा छ दशमलव ३९ प्रतिशत स्प्रेडदर रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ८८ करोड ८५ लाख ६५ हजार तीन सय छ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २३ करोड १२ लाख ९१ हजार पाँच सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ९४ लाख ६७ हजार आठ सय ५९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ४७ प्रतिशत रहेको थियो ।