काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको खुद नाफा ऋणात्मक देखिएको छ । संस्थाले आव २०८०/८१ मा ३४ लाख ८५ हजार सात सय ३० रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा नौ लाख ७१ हजार नौ सय ७९ रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी २५ करोड रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा २३ करोड ७९ लाख ६४ हजार चार सय ४९ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १५ करोड ५९ लाख १८ हजार आठ सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ९७ लाख २३ हजार छ सय ४५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने तीन करोड ८७ लाख ९९ हजार दुई सय ९५ रुपैयाँले ऋणात्मक रहेको संस्थाको स्प्रेडदर भने दुई दशमलव ९४ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले २० करोड ८४ लाख २५ हजार दुई सय ६२ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७९ करोड चार लाख ७१ हजार नौ सय एक रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ३४ लाख ९४ हजार तीन रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव शून्य एक प्रतिशत रहेको थियो ।