काठमाडौं, असार १४
खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिट्यान्स भित्र्याउन सुरू गरेको छ । कम्पनीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान कम्पनी लिमिटेड र दक्षिण केरियाको जि मनि ट्रान्समार्फत खल्ती मेवाइल वालेटमा सिधै रेमिट्यान्स भित्र्याउन थालेको हो ।
खल्तीले यी दुई मुलुकबाट मेवाइल खातामा सिधै रकम पठाउन मिल्ने सेवा सुरू गरेपछि नेपालमा रकम प्राप्त गर्ने व्यक्तिले पिन नम्बर र आफ्ने परिचय पत्र लिएर रेमिट्यान्स कम्पनीको एजेन्टकहाँ रकम झिक्न धाउनुपर्ने झण्झट अन्त्य भएको छ । जापानमा रहेका नेपालीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरको नजिकैको एजेन्टकहाँ गएर सिधै नेपालमा अफन्तको खल्ती मेवाइल खातामा सिधै रकम पठाउन सक्ने छन् । उता कोरियाबाट भने रकम पठाउन चाहनेले मेवाइल एपबाटै ट्रान्सफर गर्न सक्ने छन् । त्यहाँ रहेका नेपालीले जि मनीका तीन वटा शाखाहरूमा गएर पनि खल्ती वालेटमा रकम पठाउन सक्नेछन् ।
सिटिका जापानमा टेकियो सिन्जुकु–कु, नागोया, फुकुओका र तेचिगीमा शाखाहरू रहेका छन्। यस्तै जि रेमिटका केरियामा सोल, ग्योंगी–डो र ग्योंसांनाम–डोमा शाखाहरू रहेका छन् । सिटी एक्स्प्रेसका ब्यवसाय विकास प्रबन्धक सागर खनालले विभिन्न मुलुकबाट स्थानीय रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरेर रेमिट्यान्स भित्र्याइरहेकामा जापान र कोरियाबाट भने आफ्नै कम्पनीबाट खल्तीमार्फत रेमिट्यान्स भित्र्याउन थालेको जानकारी दिए ।
‘विश्वभर लकडाउनले घरबाहिर निस्कन नसकिरहेको अवस्थामा मोबाइलबाटै खल्तीमा रेमिट्यान्स पठाउन सकिने व्यवस्थाले विदेशमा रहेका नेपालीलाइ धेरै सहज भएको छ’, उनले भने, ‘विस्तारै अन्य मुलुकबाट पनि मोवाइल वालेटमै रेमिट्यान्स भित्र्याउने ब्यवस्था गर्न लागेका छौं ।’
खल्तीका निर्देशक अमित अग्रवाल जापान र कोरियाबाट डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउन थालेपछि रकम पठाउने र प्राप्त गर्ने दुवैलाई निकै सहज हुने बताए । ‘मोवाइल एपबाटै रकम पठाउने सेवा सुरू हुनुअघि रकम पठाउने नगद बुझाउन र पाउने नगद बुझ्न एजेन्ट कहाँ धाउनु पर्ने बाध्यता थियो,’ उनले भने, ‘यसले गर्दा असुरक्षा हुने, नगद हातमा परेपछि अनावश्यक खर्च हुने अबस्था थियो । अब मोवाइलमै नगद प्राप्त हुने र सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले सुरक्षित हुनुका साथै फजुल खर्च हुने सम्भावना हुँदैन । तुरून्तै रकम प्राप्त हुने भएकाले लकडाउनका बेलासमेत गर्जो टार्न सजिलो हुनेछ ।’
खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढी छ ।