काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आव २०८०/८१ मा १४ करोड ७३ लाख ६५ हजार छ सय ७२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा सात करोड ९८ लाख १० हजार पाँच सय ८५ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्तापुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा तीन अर्ब ५४ करोड ६४ लाख १३ हजार दुई सय आठ रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ३३ करोड ९२ लाख २१ हजार सात सय ७७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८८ करोड ७६ लाख ५० हजार पाँच सय १२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव १० प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले तीन अर्ब ७४ करोड ४७ लाख सात हजार सात सय ६४ रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ३४ करोड २९ लाख ६१ हजार छ सय ९५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २५ करोड ४० लाख ७० हजार तीन सय ६० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर भने तीन दशमलव ६२ प्रतिशत रहेको थियो ।