काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । वैदिक सनातन धर्मावलम्बीले सोमबारका दिन बिहानैदेखि नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको रक्षा सूत्र (डोरो) बाँध्छन् ।