काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ६८ लाख ७२ हजार एक सय ६१ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा छ करोड पाँच लाख ७० हजार ५९ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार चार सय नौ रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब ५८ करोड २० लाख ६४ हजार एक सय ८० रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २५ करोड १० लाख ६७ हजार तीन सय ५२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड छ लाख ३७ हजार चार सय २६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव शुन्य सात प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने आठ करोड २३ लाख ४० हजार तीन सय ३२ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने छ दशमलव १६ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ४८ करोड १७ लाख ६९ हजार दुई सय छ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६० करोड ४२ लाख ३२ हजार एक सय ३३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।