काठमाडौं । नेपाल एसबीआई बैंकले हलेसी तुवाचुङ नगरपालिका, खोटाङस्थित हलेसी महादेव मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तीर्थालुहरूको सहजताका लागि आर्थिक सहयोग गरेको छ ।
कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष, गजुरमान राईलाई औपचारिकरूपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पण्डा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवद्र्र्धन अधिकृत, रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय–समयमा यस्ता गतिविधिहरू गर्दै आइरहेकोे छ ।
बैंकले हाल एक सय वटा शाखा, २२ एक्सटेन्सन काउन्टर, सात वटा प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ वटा एटीएम र एउटा कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।