काठमाडौँ । रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा सोमबार वैदिक विधिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गरेका छन् ।

पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार राष्ट्रपति पौडेल र सविता पौडेलले वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिका आफन्तजनले समेत राष्ट्रपति कार्यालय शीतल निवासमा रक्षाबन्धन ग्रहण गरेका थिए ।