काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ५९ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा दुई करोड ४३ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा संस्थाको यस्तो नाफा १६ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।
पछिल्लो समय चुक्तापुँजी १० करोड १४ लाख रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा ३४ करोड ९३ लाख छ हजार तीन सय २० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६८ करोड १७ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड २८ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम शून्य रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ४६ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा संस्थाले ३० करोड ८८ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २२ करोड ५४ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ६० लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २६ लाख १७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात छ दशमलव ३६ प्रतिशत रहेको थियो ।